अपनत्व को परिभाषा तिमी, छवि तिम्रो देव ~ को चिन्तामुक्त भई रमौ भन्छु तर,विफल हुन्छु आमा।। मातृत्व को छाहारी तिमी, न्यानो त्यो तिम्रो ~ काख धमिलिएको मुहार सम्झी कोल्टे फेर्ने गर्छु आमा।। संघारै मा चाड-बाड, आँगन भन्छ मलाई ~ सिंगार तर !! तिमी बिना कुनै चाड ~चाड लाग्दैन आमा।। " आँमा "
रातभरीको चट्यांग र तुफानी भेल पछि उज्यालो सफा आकाश थ्यो। हुर्किदै गरेको उज्यालो घामको किरणको स्पर्स अनि स्वप्निल बिहानी पनि थ्यो। बाहिर गुन्जिरहेको भंगेराहरूको चिरबिर-चिरबिरले मलाई नै जिस्काई रहे जस्तो। त्यहि समय ‘आमाको’ झस्क्याउने तर मधूर आवाज 👉 उठिस...!! सपना टुट्छ !! "आँमा "
हो..!! म झुट बोल्ने गर्दछु। जब कसैले मेरो हाल सोद्ने गर्दछ ।। रफु गरेका चोटका कहानीहरु मा दबिएर बसेका अलिखित भावहरु मा हो..!! म झुट बोल्ने गर्दछु । जब कसैले तिमीलाई भुलिस..भनेर सोद्ने गर्दछ ।।
पच्छाई रहेका विगतका डोबहरू अनि कल्पनाको भवसागरहरू भन्दा धेरै~पर... यो सुध गुमाएका प्रेमील स्मरणहरू बाट कहि दूर गईदिम लाग्छ। जाहा बस म हुनेछु केवल ‘म’ !!
क्षितिज पारी बाट आउदै गरेको वायूपंखी नियाल्दै छु । पहिले तिमी संगै मेरो खुशिहरू लिएर आउथ्यो । नजरले भ्याएसम्म ति वेगलाई नियाल्थिए, जो तिम्रो शहरको हावा संगै लिएर उत्रिने गर्दथ्यो । तर आज....वेग विपरित दिशा तर्फ बग्दैछ, स्मृतिको भवसागर सङ्गै लिएर आउछ। तिम्रो शहरको हावा बहाएर पनि ल्याउने गर्छ, र मलाई एकफेर फेरी मारेर जानेगर्छ । त्यो वायूपंखी ।
असारे महिना बादल नि परिपक्क्व भई वर्षा हुने, झुम्दै गाउदै त्यो रोपाइया गीत संसारै को मन छुने।। आउ काटौ आली, भिजाउ गरा, लगाउ कुलो पानी। माटो लाई दिउ हिलोको रुप नगर कुरो थकाउने।। बास्मती र मन्सुली का छन बिरुवा, अझ नौलो मार्सी पो, उखेल्दै देउ तिमि, छुपुछुपु रोपी बिरुवा, गर्छु म काम फिजाउने ।।
उजेडिएको झिनो आशा बोकी यादहरुको निशानीलाई साक्षी राखी झुल्किने गर्छु याहा, कि सायद कुनैदिन तिमी आउनेछौ, र यी मनका भाव पढि मलाई पढ्ने प्रयास गर्नेछौ।। म भेटु त ठिक तर!! ढिला यति पनि नगर कि तिमी पुग्दा सायद म नै नरहु ।।❣️❣️
पिडा तब हुन्छ.. जब दिलमा सजाएको संसार उजाडिन्छ, मनमा कल्पेको सपना सबै मरेर जान्छन ।। तब पिडा हुन्छ.. अन्धकार लाग्छ दुनिया, मनरून्छ एकान्तमा, यादगार पलहरूको डोब पनि धमिलिदै जान्छ।। तब पिडा हुन्छ.. दुनियाको भिड़मा एक्लिईन्छ आफू, शहर विरानो अनि घाट प्यारो लाग्नु थाल्छ।। तब पिडा हुन्छ..✍️✍️
सागरझै गहिरो प्रेम हाम्रो, अनन्त यिनको घेरो बतास झै छुदै घुम्दै डुल्छौ मेरै सेरोफेरो। सामिप्यता यति कि, ठाउ छैन उफ्फ...लाई पनि जज्बाती छु थोरै प्यारे, यहाँ दोष के छ भन मेरो ??
पास नहुदा पनि हरपल साथै हुनू लाई महशुस गर्नु हो माया।। भावनाको गहिराई मा पौडिएर स्पर्श लाई अनुभूत गरी डुब्नु हो माया।। दूई व्यक्ति दूई आत्मा तर, एकै गठबन्धन।। शुरुवाती अपरिचित अन्जान तर अटूट अजम्बरी प्रेमील सम्बन्धको गाठो हो माया।।
दुईशब्द कोरीदिने कोहि होस, सम्भव भएन नियमित सम्वाद।। शब्दहरु बाटै प्रेमको खाका, लेखि दिने कोहि होस।। हर शब्दमा डुबुल्की मार्नु मन छ, अङालो भन्दा तिम्रो हरफहरुमा तैरिन मन छ।। जहाँ तिमी र म हैन हामी र हाम्रो, बाट शुरूवात अनि अन्त होस।। शब्दहरुको प्रेम कहानी, लेखी दिने कोहि होस।।
गयौ तिमि मेरो जिवन बाट शब्द छैन प्रभाव यस्ले कति गरायो। खोज्दै थिए त्यही गल्लीमा तिमिलाई जाहा खेलिन्थ्यो लुकाछुपी अनि हुन्थियो भेटघाट। खोज्दा खोज्दै तिमिलाई त भेटिन मैले तर बखतले खुद म सङ्ग मै लाई भेट गरायो। केही त दिएर गयौ तिमिले धेरै सिकाएर गयौ तिमीले ।।