वायुपंखी
क्षितिज पारी बाट आउदै गरेको वायूपंखी नियाल्दै छु । पहिले तिमी संगै मेरो खुशिहरू लिएर आउथ्यो । नजरले भ्याएसम्म ति वेगलाई नियाल्थिए, जो तिम्रो शहरको हावा संगै लिएर उत्रिने गर्दथ्यो । तर आज....वेग विपरित दिशा तर्फ बग्दैछ, स्मृतिको भवसागर सङ्गै लिएर आउछ। तिम्रो शहरको हावा बहाएर पनि ल्याउने गर्छ, र मलाई एकफेर फेरी मारेर जानेगर्छ । त्यो वायूपंखी ।