वायुपंखी




क्षितिज पारी बाट आउदै गरेको वायूपंखी नियाल्दै छु । 
 पहिले तिमी संगै मेरो खुशिहरू लिएर आउथ्यो ।
नजरले भ्याएसम्म ति वेगलाई नियाल्थिए, 
जो तिम्रो शहरको हावा संगै लिएर उत्रिने गर्दथ्यो  ।

 तर आज....वेग विपरित दिशा तर्फ बग्दैछ,
 
स्मृतिको भवसागर सङ्गै लिएर आउछ।
तिम्रो शहरको हावा बहाएर पनि ल्याउने गर्छ, 
 र मलाई एकफेर फेरी मारेर जानेगर्छ ।
त्यो वायूपंखी ।

Comments

Popular posts from this blog

प्यारो अतीत

सम्वाद