शब्दहरुको प्रेम कहानी


दुईशब्द कोरीदिने कोहि होस,

सम्भव भएन नियमित सम्वाद।।
शब्दहरु बाटै प्रेमको खाका,
लेखि दिने कोहि होस।।

हर शब्दमा डुबुल्की मार्नु मन छ,

अङालो भन्दा तिम्रो हरफहरुमा तैरिन मन छ।।

जहाँ तिमी र म हैन हामी र हाम्रो,

बाट शुरूवात अनि अन्त होस।।

शब्दहरुको प्रेम कहानी,
लेखी दिने कोहि होस।।

Comments

तिमी मेरो शब्द भित्रकी परि हौ
शब्द मालाले प्रेमहरु सजाउदै गर्छु म

तिमी भाब बनेर हरफ हरफमा श्रीङ्गारिनु
जॉंहा हामी मात्र हैन सिंगो जगत तैरिनेछ

यहि हाम्रो संबाद हुनेछ
जुन शब्दमा प्रेम काहानी बनेर लेखिनेछ

Popular posts from this blog

प्यारो अतीत

सम्वाद