Posts

प्यारो अतीत

Image
च्च  प्यारो अतीत अ ! त्यो मेरो प्यारो अतित  समयको पहिँया घुमेर फेरी त्यही पुर्याइदिए मलाई  म ति हरेक पलहरुलाई सिँचेर राख्ने थिए । बडो अजिब लाग्छ यो एक्लोपन  अगाध ! अपार  अनि अतिदिर्घ अन्धकार छ यहाँ   न दुखी छु मँ , न मँ खुशी नै  छु  बस् उत्साहबिन छु । खाली , अनि मौन छु । छियाँछियाँ खँण्डित हृदय भएको छ यो मेरो   अत्याइ परिस्थितिसँग परस्पर लडदैँ चिर्दैछु यो घेरो  नआउँ नजिक अल्मल्याउन मलाई घरीघरी हेर न् ! कति अद्वेत अनकन्टार छ यहाँ वरिपरी । अतीत ! अ ! मेरो प्यारो अतीत !  

Pencil Sketches

Image
Beautiful Eyes relationship bonding Tom & Jerry  Friendship Time For Nature 2020 5th Jun Environment Day  Tears Eye (4B/6B/8B/10B ✏️) 

अभिनय

अभिनय यति उतिकृष्ट अनि शानदार थियो कि , सो अभिनय लाई जीवन्त किरदार ठानी,  भ्रम मा परिएको अपरिपक्वता ले मलाई लोपरी रहेको छ ।।

आमा

अपनत्व को परिभाषा तिमी, छवि तिम्रो देव ~ को   चिन्तामुक्त भई रमौ भन्छु तर,विफल हुन्छु आमा।। मातृत्व को छाहारी तिमी, न्यानो त्यो तिम्रो ~ काख  धमिलिएको मुहार सम्झी कोल्टे फेर्ने गर्छु आमा।। संघारै मा चाड-बाड, आँगन भन्छ मलाई ~ सिंगार  तर !! तिमी बिना कुनै चाड ~चाड लाग्दैन आमा।। " आँमा "

आँमा

रातभरीको चट्यांग र तुफानी भेल पछि उज्यालो सफा आकाश थ्यो।   हुर्किदै गरेको उज्यालो घामको किरणको स्पर्स अनि स्वप्निल बिहानी पनि थ्यो।  बाहिर गुन्जिरहेको भंगेराहरूको चिरबिर-चिरबिरले मलाई नै जिस्काई रहे जस्तो।   त्यहि समय ‘आमाको’ झस्क्याउने तर मधूर आवाज 👉 उठिस...!!   सपना टुट्छ !! "आँमा "

एक झुट

Image
हो..!! म झुट बोल्ने गर्दछु। जब कसैले मेरो हाल सोद्ने गर्दछ ।। रफु गरेका चोटका कहानीहरु मा  दबिएर बसेका अलिखित भावहरु मा  हो..!! म झुट बोल्ने गर्दछु । जब कसैले तिमीलाई भुलिस..भनेर सोद्ने गर्दछ ।।

केवल 'म'

पच्छाई रहेका विगतका डोबहरू अनि कल्पनाको भवसागरहरू भन्दा धेरै~पर...   यो सुध गुमाएका प्रेमील स्मरणहरू बाट कहि दूर गईदिम लाग्छ।   जाहा बस म हुनेछु केवल ‘म’ !!