प्यारो अतीत

च्च 

प्यारो अतीत


अ ! त्यो मेरो प्यारो अतित 

समयको पहिँया घुमेर फेरी त्यही पुर्याइदिए मलाई 

म ति हरेक पलहरुलाई सिँचेर राख्ने थिए ।


बडो अजिब लाग्छ यो एक्लोपन 

अगाध ! अपार  अनि अतिदिर्घ अन्धकार छ यहाँ  

न दुखी छु मँ , न मँ खुशी नै  छु 

बस् उत्साहबिन छु । खाली , अनि मौन छु ।


छियाँछियाँ खँण्डित हृदय भएको छ यो मेरो  

अत्याइ परिस्थितिसँग परस्पर लडदैँ चिर्दैछु यो घेरो 

नआउँ नजिक अल्मल्याउन मलाई घरीघरी

हेर न् ! कति अद्वेत अनकन्टार छ यहाँ वरिपरी ।

अतीत ! अ ! मेरो प्यारो अतीत !







 

Comments

Popular posts from this blog

सम्वाद