Posts

असारे रोपाई

असारे महिना बादल नि परिपक्क्व भई वर्षा हुने,   झुम्दै गाउदै त्यो रोपाइया गीत संसारै को मन छुने।।   आउ काटौ आली, भिजाउ गरा,  लगाउ कुलो पानी।  माटो लाई दिउ हिलोको रुप नगर कुरो थकाउने।।   बास्मती र मन्सुली का छन बिरुवा, अझ नौलो मार्सी पो,   उखेल्दै देउ तिमि,  छुपुछुपु रोपी बिरुवा, गर्छु म काम फिजाउने ।।

झिनो आशा

उजेडिएको झिनो आशा बोकी यादहरुको निशानीलाई  साक्षी राखी झुल्किने गर्छु याहा,  कि सायद कुनैदिन तिमी आउनेछौ, र  यी मनका भाव पढि मलाई पढ्ने प्रयास गर्नेछौ।।  म भेटु त ठिक तर!!  ढिला यति पनि नगर कि तिमी पुग्दा सायद म नै नरहु ।।❣️❣️

पिडा

Image
पिडा तब हुन्छ..  जब दिलमा सजाएको संसार उजाडिन्छ,  मनमा कल्पेको सपना सबै मरेर जान्छन ।।  तब पिडा हुन्छ..   अन्धकार लाग्छ दुनिया,  मनरून्छ एकान्तमा,  यादगार पलहरूको डोब पनि धमिलिदै जान्छ।।  तब पिडा हुन्छ..   दुनियाको भिड़मा एक्लिईन्छ आफू,  शहर विरानो अनि घाट प्यारो लाग्नु थाल्छ।। तब पिडा हुन्छ..✍️✍️

Ramsar Convention Sites in Nepal (pdf file)

Download pdf

सामिप्यता

सागरझै गहिरो प्रेम हाम्रो, अनन्त यिनको घेरो बतास झै छुदै घुम्दै डुल्छौ मेरै सेरोफेरो। सामिप्यता यति कि, ठाउ छैन उफ्फ...लाई पनि जज्बाती छु थोरै प्यारे, यहाँ दोष के छ भन मेरो ??

हाइकू

सुन्दर रूप लाग्छ विहानीधूप लुट्यौ नि खुप ।। काखमा तिम्रो बिसाउनू छ आमा वेदना मन्को ।। सघांर कूरी वित्यो समय काल व्याकुल मन ।।

सम्वाद

अनगिनत भावहरु सम्वादमा ल्याउनु छ । पत्रैपत्र परेको पिडा केलाउनु छ तिमीसंग । हृदय चिहाउन तिमी कोशिस मात्र गरी हेर, समयले पनि हार मानेको कथा छ म संग ।।