अपनत्व को परिभाषा तिमी, छवि तिम्रो देव ~ को चिन्तामुक्त भई रमौ भन्छु तर,विफल हुन्छु आमा।। मातृत्व को छाहारी तिमी, न्यानो त्यो तिम्रो ~ काख धमिलिएको मुहार सम्झी कोल्टे फेर्ने गर्छु आमा।। संघारै मा चाड-बाड, आँगन भन्छ मलाई ~ सिंगार तर !! तिमी बिना कुनै चाड ~चाड लाग्दैन आमा।। " आँमा "
रातभरीको चट्यांग र तुफानी भेल पछि उज्यालो सफा आकाश थ्यो। हुर्किदै गरेको उज्यालो घामको किरणको स्पर्स अनि स्वप्निल बिहानी पनि थ्यो। बाहिर गुन्जिरहेको भंगेराहरूको चिरबिर-चिरबिरले मलाई नै जिस्काई रहे जस्तो। त्यहि समय ‘आमाको’ झस्क्याउने तर मधूर आवाज 👉 उठिस...!! सपना टुट्छ !! "आँमा "
हो..!! म झुट बोल्ने गर्दछु। जब कसैले मेरो हाल सोद्ने गर्दछ ।। रफु गरेका चोटका कहानीहरु मा दबिएर बसेका अलिखित भावहरु मा हो..!! म झुट बोल्ने गर्दछु । जब कसैले तिमीलाई भुलिस..भनेर सोद्ने गर्दछ ।।
पच्छाई रहेका विगतका डोबहरू अनि कल्पनाको भवसागरहरू भन्दा धेरै~पर... यो सुध गुमाएका प्रेमील स्मरणहरू बाट कहि दूर गईदिम लाग्छ। जाहा बस म हुनेछु केवल ‘म’ !!
क्षितिज पारी बाट आउदै गरेको वायूपंखी नियाल्दै छु । पहिले तिमी संगै मेरो खुशिहरू लिएर आउथ्यो । नजरले भ्याएसम्म ति वेगलाई नियाल्थिए, जो तिम्रो शहरको हावा संगै लिएर उत्रिने गर्दथ्यो । तर आज....वेग विपरित दिशा तर्फ बग्दैछ, स्मृतिको भवसागर सङ्गै लिएर आउछ। तिम्रो शहरको हावा बहाएर पनि ल्याउने गर्छ, र मलाई एकफेर फेरी मारेर जानेगर्छ । त्यो वायूपंखी ।