पास नहुदा पनि हरपल साथै हुनू लाई महशुस गर्नु हो माया।। भावनाको गहिराई मा पौडिएर स्पर्श लाई अनुभूत गरी डुब्नु हो माया।। दूई व्यक्ति दूई आत्मा तर, एकै गठबन्धन।। शुरुवाती अपरिचित अन्जान तर अटूट अजम्बरी प्रेमील सम्बन्धको गाठो हो माया।।
दुईशब्द कोरीदिने कोहि होस, सम्भव भएन नियमित सम्वाद।। शब्दहरु बाटै प्रेमको खाका, लेखि दिने कोहि होस।। हर शब्दमा डुबुल्की मार्नु मन छ, अङालो भन्दा तिम्रो हरफहरुमा तैरिन मन छ।। जहाँ तिमी र म हैन हामी र हाम्रो, बाट शुरूवात अनि अन्त होस।। शब्दहरुको प्रेम कहानी, लेखी दिने कोहि होस।।
गयौ तिमि मेरो जिवन बाट शब्द छैन प्रभाव यस्ले कति गरायो। खोज्दै थिए त्यही गल्लीमा तिमिलाई जाहा खेलिन्थ्यो लुकाछुपी अनि हुन्थियो भेटघाट। खोज्दा खोज्दै तिमिलाई त भेटिन मैले तर बखतले खुद म सङ्ग मै लाई भेट गरायो। केही त दिएर गयौ तिमिले धेरै सिकाएर गयौ तिमीले ।।