Indeed बाट कामको लागी कसरी apply गर्नु सकिन्छ?
#Indeed Profile कसरी बनाउने ?
#Indeed Job search कसरी गर्ने ?
#Indeed बाट Job Apply कसरी गर्ने ?
कुनै पनि देश मा पुगे पछि सबै भन्दा पहिले हामीलाई गास, बास, कामको व्यवस्थापनले पिरोल्ने गर्दछ। अझ सबै भन्दा पहिले हामीलाई काम को व्यवस्थापनले पिरोल्छ। र विदेश मा धेरै जसो कामहरू डिजिटाळी प्रक्रिया बाट गरिन्छ। कामको खोजि का लागि विशेसत Indeed, LinkedIN, StepStone ,र VDAB (यो VDAB Belgium मा जो बसोबास गर्नुहुन्छ वाहाहरुको लागी official website हो। र यदि तपाइँ Belgium, Flander Region मा हुनुहुन्छ भने) मुख्यतः चलनचल्तिमा रहेका छन। याहा Job Agencies पनि याहा उपलब्ध छन् तर म यहा विषेसत Indeed Profile को विषय मा कुरा गर्न गइरहेकी छु।
प्रिविधि को विकास पनि मानिसले नै गरेका हुन् र इच्छा भए फेसबुक जस्तै अरु वेबसाइट पनि चलाउन र त्यसको उपयोग गरेर फाइदा लिन सकिन्छ। र तपाइँ संग लिगल काम गर्ने Permit छ। म कोशिस गर्छु कि,हजुर हरुले यस सामग्री मार्फत Indeed Profile बनाएर यसको फाइदा लिन सक्नुहुनेछ।
(१) Indeed Profile,
(२) Job Search र
(३) Apply Job
यस वेबसाइट बाट यि तिनवटा प्रक्रियाहरू रहेका छन्। जसको मैले विस्तारमा व्याख्या गरेकी छु। साथमा *नोटहरू पनि रहेका छन्। यसबाट बुझ्ने अप्ठ्यारो भए, यु ट्युब च्यानलहरु बाट पनि सिक्न सक्नुहुनेछ। त्याहा पनि यस संग सम्बन्धित सामग्रीहरू धेरै उपलब्ध रहेकाछन्।
(१) Indeed Profile👇
a) सब भन्दा पहिला आफ्नो CV (सके सम्म अंग्रेजी या फ्रेन्च / डच या जुन देश मा बस्नु भएको छ त्यहाँ को local language) तयार पार्नुहोस।
b) त्यस पछि Indeed website मा जानुहोस।
c) Sign in (top right corner) मा क्लिक गर्नुहोस्। अनि "Create an account" मा क्लिक गर्नुहोस।
d) "Create an account" गर्दा आफ्नो email दिनुहोस र एउटा password create गर्नुहोस।
e) त्यस पछि तपाइँ आफ्नो profile मा पुग्नु हुनेछ। जाहा तपाइले आफ्नो नाम र इमेल देख्न सक्नुहुन्छ।
e) "Upload your CV" मा क्लिक गर्नुहोस। र आफ्नो CV लाई अपलोड गर्नुहोस।
f) अब आफ्नो personal information (Location, address, contact details, phone number राख्नुहोस।
g) Education , Experience पनि राख्नु भए हुन्छ यदि छ भने। (अब तपाइँ को प्रोफाइल तयार भयो।)
(२) JOB SEARCH👇
a) अब तपाइँ Job search को लागी Home मा जानुहोस्। त्यहाँ तपाइँ ले search bar देख्नुहुन्छ। (फोटो मा हेर्नुहोला 👇)
1) पहिलो सर्चबारमा कस्तो काम खोज्नु भाको TYPE गर्नुहोस।
(example: cook, driving, cashier, warehouse worker, household help, English language jobs, Aldi, Lidl, Colyurt, coca-cola, DHL, या जे हजुरमा skill छ, या कुनै कम्पनीको नाम।
2) दोस्रो मा location राख्नुहोस। (example : Brussels , Antwerp…)
*नोट: यदि त्यहा लेखिएको भाषा बुझ्नुहुन्न भने त्याहा भएको टेक्स्ट लाई सेलेक्ट गर्नुहोस अनि translate to English गर्नुभयो भने सबै translate हुन्छ।
*नोट: Job hunting गर्दा हजुरहरुले त्यो vacancy कहिले खुलेको देख्न सक्नु हुन्छ।
जस्तो: भर्खर Vacancy खुलेको हो भने *New, 1 day, 14 days, 30 days…) भनेर देखाएको हुन्छ। त्यस्तो अवस्था मा सके सम्म भर्खरै खुलेको vacancy लाइ टार्गेट गर्नुस जस्तो 5 - १० - १५ दिन सम्मको मा apply गर्नुहोला किनकि धेरै दिन भएको Vacancy मा प्राय Candidates hire गरिसकेको हुन्छ।
(३) Apply Job👇
अब तपाइले खोजेको जस्तो job को अप्सन पाउनु भयो भने, apply now मा क्लिक गर्नुहोस। अनि त्यहा भएको जानकारी राम्रो हेर्नुहोला। त्यहाँ विशेस गरि सबै लेखिएको हुन्छ। हामीले गर्नु पर्ने काम र उनीहरुले खोजेको क्याण्डीडेट कस्तो हुनुपर्छ, भाषा या स्किल के खोजेको, उनीहरुले दिने सेवा सुविधा सबै उल्लेख गरिएको हुन्छ। सबै चित्त बुजेमा आफ्नो CV select गरेर Submit गरिदिनुस।
*नोट: यदि कुनै Job को लागि तपाइँ त्यतिबेला स्योर हुनुहुन्न भने, त्यस Job को vacancy लाइ साइड को बटनमा क्लिक गरेर सेभ गर्नु सक्नुहुन्छ त्यो तपाई को प्रोफाइल मा सेभ भएर बसेको हुन्छ। र जब हजुरले कुनै Job को apply गरीसक्नु भयो भने अब त्यस Vacancy मा applied भनेर देखाको हुन्छ। त्यसको मतलब हजुरले त्याहा apply गरीसक्नु भयो र अब सोहि Vacancy को लागी दोहोरिन पाउदैन।
*नोट: कुनै कुनै Job को लागि Cover Letter पनि मागेको हुन्छ तर, त्यो प्राय optional (यानी विकल्प ) मा हुन्छ यदि हजुर संग CV मात्रै छ भने पनि केहि फरक पर्दैन। त्यो option लाइ skip गरिदिनु भएहुन्छ र आफ्नो CV submit गर्नु भएहुन्छ।
*नोट: र यो indeed profile एकचोटी बनाए पछि अर्को कम्पनि मा apply गर्नु लाइ केहि गर्नु पर्दैन मात्र कम्पनी हेरेर Submit गर्नु भए हुन्छ। र पछि cv मा केहि परिवर्नत गर्नु परे गर्नुहोला र फेरी त्यो पुरानो भएको CV लाइ delete गरेर नया CV लाइ upload गर्नुहोला।
*नोट: अब तपाइले apply गर्दा सके सम्म धेरै मा कम्पनी गर्नुस। सकेसम्म प्रत्येक दिन एकचोटी Indeed Profile हेर्ने गर्नुहोस। सधै नया Vacancy हरु खुली राखेका हुन्छन apply गरि हाल्नुस। र Indeed message box पनि हेर्ने गर्नुहोला। कति ले Indeed मै मेस्सेज गर्छन, कति ले डाइरेक्ट फोनमा कल गर्छन,र कतिले इमेल पनि गर्छन।
आशा छ यी जानकारी हजुरहरुको लागी उपयोगी हुनेछन। मैले यी सबै जानकारी उपलब्ध गराउनु मा कुनै स्वार्थ छैन। मैले पनि यसरी नै काम खोजेकी हुॅ। त्यसैले यो काम खोज्ने सहज र उपयोगी उपाय हो। र यहाँ हजुरहरुलाई काम को अप्सन धेरै हुन्छ। समयको बचत पनि हुने हुदा आफ्नो सहुलियत को हिसाबले काम पाउन सकिन्छ। धन्यवाद।
You can share but cannot copy it. Thank You🙏
#jobopportunity
#jobbelgium #jobsearch #Indeed #Belgie #Belgium


Comments