प्यारो अतीत
च्च प्यारो अतीत अ ! त्यो मेरो प्यारो अतित समयको पहिँया घुमेर फेरी त्यही पुर्याइदिए मलाई म ति हरेक पलहरुलाई सिँचेर राख्ने थिए । बडो अजिब लाग्छ यो एक्लोपन अगाध ! अपार अनि अतिदिर्घ अन्धकार छ यहाँ न दुखी छु मँ , न मँ खुशी नै छु बस् उत्साहबिन छु । खाली , अनि मौन छु । छियाँछियाँ खँण्डित हृदय भएको छ यो मेरो अत्याइ परिस्थितिसँग परस्पर लडदैँ चिर्दैछु यो घेरो नआउँ नजिक अल्मल्याउन मलाई घरीघरी हेर न् ! कति अद्वेत अनकन्टार छ यहाँ वरिपरी । अतीत ! अ ! मेरो प्यारो अतीत !